Logo

कार्यकर्तालाई कारबाही गर्ने माधव नेपालको चेतावनी



काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार रौटहत–काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत चुनावमा कार्यकर्ताले समानुपातिकतर्फको भोट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा मागेको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।

‘रौतहट जिल्लामा समानुपातिकमा घण्टीमा भोट मागेको भन्ने सुन्नमा आएको छ। समानुपातिकमा उसले गरेको काम र बोली मन परेकोले घण्टीमा भोट मागेको हुँ भने भइहाल्यो । भोली प्रमाण फेला पर्‍यो भने गाह्रो पर्ला,’ उनले भने ।

नेता नेपाल नेतृत्वको एकीकृत समाजवादीले गत निर्वाचनमा थ्रेस होल्ड कटाउ नसक्दा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । आफूहरुले गरेको कामको प्रचार–प्रसार राम्रोसँग नभएकाले जस अरुले लिएको उनले नेता नेपालले बताए ।

 



प्रतिक्रिया दिनुहोस्