Logo

एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा गृहको सर्कुलर



काठमाडौं, ८ माघ । गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रुपमै पत्राचार गरेको छ । सांसद कोइरी प्रहरीको फरार सूचीमा छन् । उनीमाथि राष्ट्रसेवक कर्मचारी हत्याको अभियोगमा जनकपुर उच्च अदालतले थुनामा राखेर मुद्धाको पुर्पक्षको आदेश दिइसकेको छ । सांसद कोइरीमाथि २०७२ सालमा मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक हत्याको आरोप छ । सांसद कोइरी निर्वाचन अघि जनता समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछाने गृहमन्त्री बनेसँगै उनलाई पक्राउ पर्न दवाब बढेको छ । प्रतिनिधि सभाका प्रायः जसो बैठकमा सहभागी हुने गरेका कोइरी प्रहरीको फरार सूचीमा छन् । उनी एमालेका शीर्ष नेताहरुको संरक्षणमा रहेको आंकलन गरिएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनीबारको सांसद बैठकमा प्रहरीले हत्याका आरोपित नपक्रेको भन्दै गृहमन्त्रीको आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्