Logo

सन्दीप लामिछानेको मुद्धामा आज पेसी



काठमाडौं, ९ माघ । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ । सोमबार मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो । सन्दीपको मुद्धा छैटौँ स्थानमा रहेको छ । उनको भन्दाअघि पाँच वटा मुद्धा भएकाले सन्दीपको मुद्धा आज सुनुवाइ हुने सम्भावना भने कम छ ।

गत असोज २० गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्