Logo

निगमका कर्मचारीप्रति मन्त्री किराँतीको आक्रोश– ‘खान त खानु, घिच्न त भएन नि !’



काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तोकिएकै समयमा जहाज उडाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षणका क्रममा मन्त्री किराँतीले निगमका अध्यक्ष युवराज अधिकारी समयमै जहाज नउडाएर नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । ‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ । तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,’ उनले भने ।

साथै, निगम सुधारका लागि आर्थिक योजना पेश गर्न उनले निर्देशन दिए । यात्रुहरुले टिकट नपाएको गुनासोमा बढेको भन्दै उनले एक महिनाभित्र अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्न निगमका अध्यक्ष अधिकारीलाई निर्देशन दिएका छन् । ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ? मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि !’उनले भने ।

उनले निगमको कार्यशैलीप्रति आलोचना गर्दैै काम गर्न नसके राजीनामा दिन पनि आग्रह गरे । सबैको नजर निगमतर्फ भएको भन्दै उनले परिणाम निस्कने गरी काम हुनुपर्ने पनि बताए ।

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्