काठमाडौं, माघ १८ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षपछि नेताका जिम्मेवारी बाँडफाँट हुँदै छ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन ।
बुधबार पदाधिकारी बैठकपश्चात् बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लाग्ने भएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको छ ।
११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न भएको थियो । त्यसपछिको केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन ग¥यो । धेरै छलफल र बैठकपश्चात् पदाधिकारी चयन भए पनि अहिलेसम्म केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन ।
महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यस’दयगत ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।
बुधबार पदाधिकारी बैठकमा तीन नेताले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटसहितको छलफलपश्चात् बुधबार नै बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ । आन्तरिक छलफल जारी नै रहेको र बुधबारको बैठकपश्चात् नेताको जिम्मेवारी बाँडफाँट हुने उपाध्यक्ष एवं प्रवक्ता महराले बताए ।
नेताको जिम्मेवारी बाँडफाँटका साथै पार्टीको पोलिटब्युरो र केन्द्रीय समितिलाई समेत पूर्णता अझै बाँकी नै छ । पार्टीको संगठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्वसमेत टुंगो लगाउनुपर्ने हुन्छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशन भएको एक वर्ष बितिसक्दा समेत नेता जिम्मेवारविहीन । केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने, विभागको गठन लगायतका काम महाधिवेशन भएको एक वर्ष बित्दा समेत नगरेको माओवादीले तीनमहिने अभियानको घोषणा गर्दै गाउँ गाउँमा पुग्ने माओवादी केन्द्रको आठौं महाधिवेशन भएको एक वर्ष बितिसक्दासमेत नेताहरू जिम्मेवारविहीन भए ।
केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने, विभागको गठनलगायतका काम महाधिवेशन भएको एक वर्ष बित्दासमेत नगरेको माओवादीले तीनमहिने अभियानको घोषणा गर्दै गाउँ गाउँमा पुग्ने योजनामा छ ।
यसैगरी माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियान चलाउने भएको छ । माओवादी केन्द्रका सचिव गणेश साहले संगठन सुदृढीकरण र परिचालनसम्बन्धी अभियान सञ्चालनको तीनमहिने अभियान घोषणा हुने बताए । सो क्रममा संगठन विस्तार समेत तीव्ररूपमा अगाडि बढाउने काम पार्टीले गर्ने उनले बताए ।
पार्टी महासचिव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीनमहिने अभियान चलाउने प्रस्ताव गरेका छन् । सोबारे पदाधिकारी बैठकमा छलफल भएको छ । स्थायी कमिटीको बैठकले नेताको जिम्मेवारी बाँडफाँटसहित सो निर्णय गरेपछि नेतालाई गाउँ गाउँमा परिचालन गर्ने कार्यक्रम रहेको आजको राजधानी दैनिकमा खवर छ ।