Logo

रास्वपाको अल्टिमेटम आज सकिँदै, आफ्नो निर्णयमा अडिग रहलान् प्रचण्ड ?



काठमाडौं, माघ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा आज सकिँदै छ ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिएका थिए ।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए । यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गर्दै आएका छन् ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्दै आएका छन् । जसकारण रास्वपाले गत बिहीबार दिएका दुईदिने अल्टिमेटम आज सकिँदै छ ।

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्