काठमाडौं, २८ माघ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षमा सर्वसम्मती रुपमा चयन भएको भन्दै समिक्षा बाँस्कोटालाई शुभकामना दिएका छन् । मिश्रले आफूले अधिवेशनपूर्वको सन्देशमा उल्लेख गरेझैँ आफ्नो ‘मार्ग परिवर्तन’ले थप जटिल बनाएको पार्टीलाई धैर्यपूर्वक सम्हालेर अगाडि बढाएकामा सो पार्टीका सबैलाई नमन पनि व्यक्त गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
सर्वसम्मतिबाट विवेकशील साझा पार्टीको अध्यक्ष चयन हुनुभएकी Samikchya Baskota तथा सर्वसम्मतिबाट र निर्वाचनबाट चुनिनुभएका अन्य सम्पूर्ण नेतृत्वगणलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। मैले अधिवेशनपूर्वको सन्देशमा उल्लेख गरे झैँ मेरो ‘मार्ग परिवर्तन’ले थप जटिल बनाएको पार्टीलाई धैर्यपूर्वक सम्हालेर अगाडि बढाउनुहुने सबैलाई नमन गर्दछु। समयक्रममा यो देशको दूरगामी राष्ट्रिय हितका बारेमा हाम्रो आँकलन फरक हुन गयो तर हाम्रो नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु। पुन: एकपटक शुभकामना अर्पण गर्दछु!