Logo

बजेट कार्यान्वयनमा सरकार पूर्ण असफल



काठमाडौं, फागुन १। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका हिसाबले सरकार पूर्ण रुपमा असफल देखिएको छ।

सरकारले बजेट ल्याउँदा विभिन्न क्षेत्रमा राखेका लक्ष्य कुनै पनि पूरा नहुने भएका छन् । चालू बजेटमा अनुमान गरिएअनुसार स्रोत र खर्च दुवै नपुग्ने देखिएपछि बजेटको मध्यावधि समीक्षा मार्फत सरकारले सरकारले यसको आकार १३.५९ प्रतिशतले घटाएको छ ।

यो वर्ष १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट ल्याइएकामा यसलाई घटाएर १५ खर्ब ४९ अर्ब रुपैयाँ झारिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार संसदसमक्ष चालू आवको पुससम्मको बजेटको यथार्थ विवरण प्रस्तुत गर्दै संशोधित अनुमान पेश गरेका छन् । आजको कारोबार दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्