काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सहमति भए सरकारमा जान तयार रहेको बताएको छ । तर, अहिलेकै अवस्थामा भने सरकारमा जाने सम्भावना नरहेको निश्कर्ष निकालेको छ । बसेको केन्द्रीय समितिको बैठकमा चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनबारे पनि छलफल भएको थियो ।
चितवन–२ मा पार्टीका सभापति रवि लामिछाने नै उठ्नेबारे सहमति भएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।रास्वपा सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै छ । आजको बैठकले केन्द्रीय समिति पनि विस्तार गरेको छ।
बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो। १६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। बुर्लाकोटीका अनुसार आजको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
file photo