काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन फागुन १० गतेभित्रै भत्काउने ठोकुवा गरेका छन् ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई पराजित गर्ने ठोकुवा गर्दै आएका थापाले आज भने सत्ता गठबन्धनको आयु नै तोकिदिएका छन् ।
आज (सोमबार) नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका छन् ।
उनले जनताको म्याण्डेटअनुसार अब निर्वाचनअघिको गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
बन्ने गठबन्धनको नेतृत्व भने आफ्नो पार्टीले गर्नेपनि उनको दाबी छ ।
उनले देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने पनि दाबी गरे ।