Logo

विद्यार्थी संगठनबाट विदा लिने यम पाण्डेको निर्णय, यस्तो छ वक्तव्य



काठमाडौं, २ फागुन । अनेरास्ववियुका उपाध्यक्ष यम पाण्डेले संगठनको २३औं महाधिवेशनमा आफ्नो कुनै पदमा उम्मेदवारी नरहने स्पष्ट पारेका छन् । उनले आफूले विद्यार्थी संगठनबाट विदा लिने निर्णय गरेको जानकारी गराएका छन् । उनले लेखेका छन्–‘२०७८ साल असोजमा संगठन पुर्नगठन गर्दा गरेको प्रतिवद्धता बमोजिम नै २३औं महाधिवेशनमा मेरो कुनै पदमा उम्मेद्वारी नरहने र विद्यार्थी संगठनबाट विदा लिने निर्णय गरेकोछु । छत्रदेव ७ अर्घाखाँची भुस्खातमा रहेको सरस्वती माबीमा प्राकमा संगठीत भएदेखि लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियुमा २०६२ सालमा अनेरास्ववियुको प्यनल सहित सचिव पदमा विजयी र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात रुपन्देही जिल्ला, तत्कालीन लुम्बिनी अञ्चल कमिटी र हालको लुम्बिनी प्रदेश कमिटीलाई नेतृत्व प्रदान गर्ने अवसर प्राप्त भयो । यसका लागि बिभिन्न कालखण्डमा सहयोग गर्ने सबै सबै अग्रज, सहयोद्धा र सम्पूर्ण साथीहरु प्रति सम्मान ब्यक्त गर्दछु ।

नेपाली विद्यार्थीहरुको भरपर्दो र लोकप्रिय संगठन अनेरास्ववियु २३औं महाधिवेशन आज देखि काठमाण्डौंमा सुरु हुदैंछ । हाम्रो संगठनको आन्तरीक जीवनमा मात्र होइन समग्र नेपाली विद्यार्थी आन्दोलनलाई समेत स्पष्ट दिशाबोध गर्ने हिसाबले पनि यो महाधिवेशन महत्वपूर्ण, स्मरणीय र ऐतिहासिक हुनेछ । मौलिक अधिकारका रुपमा संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यबस्थालाई व्यवहारमा कार्यन्वयन गर्न, विद्यालय र विश्वविद्यालयहरु सुधार गर्न र डरलाग्दो ढंगले उच्च शिक्षा हासिल गर्न विदेश जाने र उतै पलायन हुने दर र प्रवृती रोक्न विद्यार्थी संगठनहरुको निर्णायक हस्तक्षेपकारी पहलकदमी हुन जरुरी छ ।

निति तथा बिधान महाधिवेशन सम्पन्न भइसकेको हुनाले २३औं राष्ट्रिय महाधिवेशन मुलत: नेतृत्व चयनमा केन्द्रित हुनेछ । हिजो पञ्चायती ब्यबस्थाको बिरुद्ध भूमिगत कालमा वा २०६२/६३ सालको जनआन्दोलन ताका जस्तो राजनीति आन्दोलनमा होमिनु परेका कारण विद्यार्थी जीवन पश्चात पनि विद्यार्थी वर्गको प्रतिनिधिका हिसाबले विद्यार्थी संगठनलाई नेतृत्व प्रदान गर्ने परिपाटी हो । तर नयाँ पुस्ता जबरजस्त राजनीतिमा आउन खोजेको अहिलेको सन्दर्भमा हामी गैर विद्यार्थीहरु ले विद्यार्थी संगठन कब्जा गरेर बस्ने हो भने समयले हामीलाई कुरेर बस्दैन । अब विद्यार्थीहरुको संगठन विद्यार्थीहरुलाई नै नेतृत्व गर्न दिनु पर्छ । अनेरास्ववियु मात्र हैन पार्टी सबै जनसंगठनहरु जुन वर्ग/पेशा/समुदायको हक, हित र अधिकारका लागि स्थापना भएको हो त्यही समुदायको असली प्रतिनिधिबाट नेतृत्व प्रदान गर्दा उद्देश्य हासिल हुन सक्छ । जनताको बहुदलीय जनवाद जस्तो नेपाली समाजलाई नेतृत्व गर्ने विचार र केपिशर्मा ओली जस्तो आजको युग सुहाउंदो नेता भएको हाम्रो पार्टीमा नयाँ पुस्ता प्रवेश गर्ने बिन्दुमै छेकवार लगाउने ट्रेन्डले सुखद नतिजा दिदैन । सांगठनिक हिसाबले आजको पुस्ताले विकल्प खोज्न सक्छ । निकट विगतको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यस खालको संकेत प्रकट भएको छ ।

अनेरास्ववियुको आज देखि सुरु हुने महाधिवेशनले पनि विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थीहरु नै आउन भन्ने कुरामा जोड दिनेछ । विभिन्न भूगोल र विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधि साथीहरुले मुल नेतृत्व, पदाधिकारी मात्र हैन केन्द्रीय कमिटी र आयोगहरु समेतमा नेता छनौट गर्दा नेतृत्वमा आउन ईच्छुक नेताहरु विद्यार्थीको दैनिक समस्या समाधानमा शैक्षिक संस्थामा उपस्थित हुन्छन की हुन्नन ? विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुको पाठ्यक्रम, भर्ना, परिक्षा, रिजल्ट र अध्ययन/अध्यापन लगायतका शिक्षा र विद्यार्थी सम्बन्धि तमाम मामिलामा अपडेट छन की छैनन ? यी र यस्ता विषयमा ध्यान दिनै पर्छ । हुन त प्राप्त विकल्प मध्ये तै बेसेक नेतृत्व छान्नु बाध्यता पनि छ । हाम्रो पुस्ता खासगरि पाको छ, खारीएको छ, विद्यार्थी आन्दोलनमा योगदान गरेको छ, आफ्नो जवानीको एक देखि दुई दशक यही आन्दोलनमा बिताएकोछ, सबै छ तर अहिलेका १८ देखि २८ वर्ष उमेर समुहका विद्यार्थीको बारेमा अपडेट छैनौं की जस्तो लाग्छ ।

महाधिवेशन उदघाटनको यस क्षणमा आईपुग्दा कमरेड सुनिता बरालको नेतृत्वमा हामीले १५ महिना यो नेकपाको गठन र बिघटनले थलिएको, अस्तब्यस्त भएको संगठनलाई सांगठनिक हिसाबले पनि र निति तथा बिधान महाधिवेशनका माध्यम बाट निति तय गर्ने एवम् विधान निर्माण गर्ने हिसाबले केहि कामहरु गरेका छौं । शैक्षिक समस्या समाधानका हिसाबले पनि शैक्षिक संस्था एवम् विश्वविद्यालयमा तालाबन्दी लगायतका बिकृतीहरुको सशक्त प्रतिवाद गर्ने जस्ता सुधारका प्रयासहरु पनि भएका छन ।

२०७८ साल असोजमा संगठन पुर्नगठन गर्दा गरेको प्रतिवद्धता बमोजिम नै २३औं महाधिवेशनमा मेरो कुनै पदमा उम्मेद्वारी नरहने र विद्यार्थी संगठनबाट विदा लिने निर्णय गरेकोछु । छत्रदेव ७ अर्घाखाँची भुस्खातमा रहेको सरस्वती माबीमा प्राकमा संगठीत भएदेखि लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियुमा २०६२ सालमा अनेरास्ववियुको प्यनल सहित सचिव पदमा विजयी र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात रुपन्देही जिल्ला, तत्कालीन लुम्बिनी अञ्चल कमिटी र हालको लुम्बिनी प्रदेश कमिटीलाई नेतृत्व प्रदान गर्ने अवसर प्राप्त भयो । यसका लागि बिभिन्न कालखण्डमा सहयोग गर्ने सबै सबै अग्रज, सहयोद्धा र सम्पूर्ण साथीहरु प्रति सम्मान ब्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्