काठमाडौं, ३ फागुन । मोवाईल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर व्यवसायीहरुले भेटवार्ता गरेका हुन् ।
हालै गोंगबु बसर्पाकमा रहेको ल्होत्से मलमा यातायात मजदुरको आन्दोलनमा भएको पसल तोडफोड र मोवाईल चोरीको घट्नालाई लिएर व्यवसायीहरु प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराउन बालुवाटार पुगेका हुन् ।
सो क्रममा उनीहरुले ८ करोडको क्षति भएको भन्दै त्यसको पूर्ति भरिदिन सरकारसँग माग गरेका थिए । प्रधानमन्त्री दाहालले सो घट्नाबारे दुःख व्यक्त गर्दै आगामी दिनमा यसखालको कुनै क्रियाकलाप दोहोरिन नदिने वाचा गरेका थिए ।
प्रधानमन्त्री दाहालले उक्त घट्नाको बारेमा छानबिन गर्न समिति पनि गठन भएको भन्दै समितिको प्रतिवेदन सार्वजनिक भएपछि कारबाही प्रक्रिया पनि अघि बढाउने विश्वास दिलाएका छन् ।