Logo

लेखराज भट्टको गुनासो : ..रेशमजीले त्यो कुरालाई बुझ्नुभएन



काठमाडौं, ४ फागुन । सत्तारूढ दल नेकपा (एमाले) का सचिव लेखराज भट्टले अदालतमा मुद्दा विचाराधिन भएको कारण रेशम चौधरीलाई रिहा गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले सुदूरपश्चिम सरकार ढल्नुको मुख्य कारण नागरिक उन्मुक्ति पार्टीको साथ नपाउनु रहेको पनि बताए ।

यसअघिको सुदुरपश्चिममा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनको लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहालाई मुख्य शर्त राखेको थियो । एमाले नेता भट्टले अदालतमा विचराधिन रहेको मुद्दाकै कारण चौधरीलाई रिहा गर्न नसकिएको स्पष्ट पारे । आज (बिहीबार) कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने–‘रेशम चौधरीको रिहाइ उहाँहरूको शर्त थियो । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले सरकारले चाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था थिएन । तर हामीले सरकारको तर्फबाट सक्दो पहल गछौँ भनेका थियौँ, रेशमजीले त्यो कुरालाई बुझ्नुभएन । उहाँले तत्कालै छुटाउनुपर्छ भन्नुभयो । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने प्रचलन छैन । अप्ठ्यारो हुन्छ । सोही कारण नाउपाको साथ पाइएन । हामी र माओवादीले जोगाउन सक्ने अवस्था थिएन ।’

file photo/ReportersNepal-Facebook



प्रतिक्रिया दिनुहोस्