Logo

डा श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त



काठमाडौँ,८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्