Logo

ओलीको भय



काठमाडौं, फागुन ९ । सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन् ।

नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ । ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ ।

भट्टराई नेतृत्वको पार्टीसँग माओवादी केन्द्रले एकीकरण गर्न छलफलमा रहेका बेला उनलाई रोकेर नेता नेपाल वा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न दाहाललाई नैतिक र राजनीतिक रूपमा पनि अप्ठ्यारो पर्ने बताइन्छ ।

कांग्रेसभित्र नेताहरूबीच दुरी बढाउन ओलीले पौडेलको साटो सिटौला वा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम अघि ल्याएर खेल खेल्न सक्ने सम्भावना रहेको पनि निकटहरू बताउँछन् ।

मधेसवादी दल र शक्ति केन्द्रहरूको पनि रुचिमा रहेका महन्थ ठाकुरलाई पनि ओलीले कार्डका रूपमा राष्ट्रपतिमा अघि सार्न सक्ने कांग्रेस र माओवादी नेताहरूको बुझाइ छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्