Logo

हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार आजदेखि



काठमाडौं, फागुन १२ । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले आजदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

गत पुस २८ गते साधारण सभा गरी मर्जको प्रस्ताव पारित गरेका दुई बैंकले हिमालयन बैंककै नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई ८० प्रतिशतको रेसियोमा आफूमा गाभेको हो । जस अनुसार सिभिल बैंकको सय कित्ता शेयर हुनेहरुले अब हिमालयन बैंकको ८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड पुगेको छ भने कुल सम्पति ३४ खर्ब ३४ अर्ब पुगेको छ ।

१ सय ८९ शाखासहित बैंकसँग दुई खर्ब ७४ अर्बको निक्षेप र दुई खर्ब ५० अर्बको कर्जा लगानी रहेको छ । प्रप्त्तिपछि ूहिमालयन बैंक लिमिटेडको नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु भएको हो । यस सँगै नेपालमा वाणिज्य बैंकको संख्या २१ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्