काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको कार्यसमितिको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
यसअघि नै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर समर्थन भने कायमै राखने वचन दिएको स्रोतको दाबी छ । राष्ट्रपतिको निर्वाचनमा भने पार्टी अहिले तटस्थ बसेको छ ।
एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ । पौडेलले त सभापति लामिछानेलाई भेटेर मत मागिसकेका छन् ।