काठमाडौं, फागुन १५ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले राष्ट्रपति निर्वाचनले आठ दलीय गठबन्धनलाई कसिलो बनाउने बताएका छन् । ‘ड्राइभिङ सिटमा ओली र दायाँबायाँ लिङ्देन र रवि लामिछाने राखेको गठबन्धनबाट गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, शान्ति र संविधान जोगाउन नसक्ने स्थिति आयो । लोकतन्त्र र प्रतिगमन एकै ठाउँमा नरहने भएकाले नयाँ गठबन्धन बनायौं’, रेडियो एनआरएनको कार्यक्रम ुनेपाली बहसु का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवारले पाँच हजार मतभारले जित्ने सुनिश्चित भएको बताए । उनले भने,‘एमालेसँको गठबन्धन अप्राकृतिक थियो । ओलीजीसँग सहकार्य हुन सक्दैन भनेर मैले पहिले नै भनेको थिएँ ।’ उनले सुवासचन्द्र नेम्वाङको उम्मेदवारी फिर्ता लिएर रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउनुपर्ने औंल्याए ।एमाले राजनीतिक रुपमा सरकारमा बस्न नमिल्ने उनको जिकिर छ ।