काठमाडौं, २२ फागुन । नायक पल शाहले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले आफ्नो मनमा कसैप्रति पनि रिस बाँकी नरहेको र कुनै प्रतिशोधको भावना नरहेको उल्लेख गरेका छन् । उनले आफूमा केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षा पूरा गर्ने एउटै लक्ष्य रहेको सुनाएका छन् ।
होलीको अवसरमा तस्विर सार्वजनिक गर्दै शाहले यस्तो उल्लेख गरेका छन् । उनले फेशबुकमा भनेका छन्-
नमस्कार सबैजनालाई
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !