Logo

उपराष्ट्रपतिमा उम्मेदवारी दर्तापछि रामसहाय यादवको प्रतिक्रिया : राष्ट्रिय एकतालाई बलियो बनाउँछु



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका रामसहाय यादवले आफू सो पदमा निर्वाचित भए मुलुकको संविधानको रक्षा र पालना गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । उनले आफू गठबन्धनमा भएको पूर्वसहमतिअनुसार उम्मेदवार बनेको पनि स्पष्ट पारे ।

संसद् भवनमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले गठबन्धनमा रहेका सबै सांसदहरुले आफूलाई मतदान गर्ने पनि दाबी गरे । उनले भने,‘पहिलेको सहमतिअनुसार सबै दलका माननीय सदस्यहरुले प्रस्तावमा समर्थन गर्नुभएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्