Logo

उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, २८ फागुन । सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा जारी छ । सो बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने बताईएकोछ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम छ । जसपाले प्रमिला कुमारी यादवलाई आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने भएको छ । त्यसको लागि जसपाको कार्यकारिणी समितिको बैठक बसेको छ । file photo



प्रतिक्रिया दिनुहोस्