काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिमा सदस्य संख्या घटाउने भएको छ । हाल ७०१ सदस्य रहने व्यवस्था रहेकोमा विधान मस्यौदामा १५१ सदस्य बनाउने प्रस्ताव गरिएको छ ।
जसपाको विधान अधिवेशन आगामी चैत्र २६, २७ र २८ गते हुने कार्यतालिका रहेको छ ।