काठमाडौं, १७ चैत्र । आम जनता पार्टीले मन्त्रिपरिषद् विस्तारमा धोका भएको निश्कर्ष निकालेको छ । यसअघि आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाई मन्त्री बनाउने कुरा बाहिरिएको थियो । आजपाको तर्फबाट प्रवक्ता सिबी साहले एक विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई सहभागी नगराउनु अपमानजनक धोका भएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-
#सरकार_पुर्नगठनमा_आम_जनता_पार्टीलाई_धोखा
गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागी भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामीप्रतिको अपमानजनक धोखा हो ।
चन्द्र भुषण साह (सीबी)
प्रवक्ता, आम जनता पार्टी