काठमाडौं चैत २० । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा मतदातामात्रै रहने भएको छ ।
उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार नउठाउने भएपछि माओवादी केन्द्र मतदातामा सिमित भएको हो ।
माओवादी केन्द्रले गठवन्धनले उठाएका उम्मेदारलाई सघाउने जनाएको छ । उपनिर्वाचनमा गठवन्धनको तर्फबाट बारा -२ मा जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन -२ मा कांग्रेस पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ – १ मा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई उम्मेदवार छन् ।