चितवन, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट कोही पनि पीडित नभएको दाबी गरेका छन् । चुनावी घरदैलोको क्रममा आयोजित एक समारोहका बीच सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेसम्म एक जना मान्छे पनि मेरो कारण पीडित भएको छैनन् । मैले केही लुकाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन। मैले कसैलाई पीडा दिएको छैन् । ’
सभापति लामिछानेले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको टिप्पणी गरे । उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु ।’
लामिछाने बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार हुन् । गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा पनि उनै लामिछाने अत्यधिक बहुमतले निर्वाचित भएका थिए । उनले आफूहरु देश बनाउनको लागि राजनीतिमा होमिएको सुनाए । उनले आफूले इमानदारितापूर्वक व्यवहार गरेको बताए । भिडिओ स्रोत : दीपक बोहराको फेसबुक
https://www.facebook.com/deepak.r.bohara/videos/756245619455438
भिडिओ स्रोत : दीपक बोहराको फेसबुक