काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले चुनावी अभियानको लागि सहयोग मागेका छन् । उनले चुनाव क्याम्पेनको लागि भन्दै आर्थिक सहयोग गर्न चाहनेहरुको लागि भन्दै बैंक खातासमेत सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगले तोकेको चुनावको लागि ३१ लाखको सीमाभित्रै सहयोगको अपेक्षा गरेका छन् । र, सो सीमाभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानूनबमोजिम गर्ने पनि उनको भनाई छ ।
वाग्लेले सानिमा बैंकमा रहेको आफ्नो खाता नम्बर सार्वजनिक गरेका छन् । फेशबुकमार्फत उनले गरेको अपिल यस्तो छ-
**निर्वाचनका लागि पारदर्शी कोष**
तनहुँ-१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।
Account Name: Swarnim Wagle
Account No: 909010010000351
Sanima Bank Limited, Head Office, Naxal, Kathmandu
SWIFT: SNMANPKA