उदयपुर, चैत २४ । उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा अहिले ट्याक्टर पनि सजिलोसँग गुड्दैनभन्दा अचम्म लाग्छ । यथार्थ यही हो ।
यो ठाउँमा २०२३ सालमै पहिलोपटक जिप पुगेको थियो । सदरमुकाम भएको बेला पहिलोपटक सप्तरीको फत्तेपुर, गाईघाट, नेपालटार, सिराहाको गोदार, त्रिवेणी, अम्टाई, रिस्कु हुँदै त्यहाँ जिप पु¥याइएको थियो । उदयपुरगढीमा मोटर पुगेको गाडी पुगेको ५६ वर्ष बितिसक्दा समेत सडक बन्न सकेको छैन ।
नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि ९ किलोमिटर दूरीमा रहेको उदयपुरगढीसम्म जाने सडकको स्तरोन्नत्ति हुन नसक्दा स्थानीयलाई समस्या छ ।
सडक स्तरोन्नत्तिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत १ चैत २०७७ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आजको राजधानी दैनिकबाट