काठमाडौं, २८ चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजारमा समस्या देखिएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बजारमा समस्या भएको र सटर लागेको बताएका हुन्।
उनले भने,‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन्। सबै क्षेत्र मन्दीको अवस्थामा छ। तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ। निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं।’