Logo

सहमती नजुटेपछि राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु



काठमाडौं,२९ चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बाँकेको नेपालगञ्जमा सोमवारबाट सुरु भएको नवौँ  महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको विषयमा कुरा नमिलेपछि निर्वाचन प्रकृया सुरु भएको छ ।
सोमवारदेखि शुरु भएको बन्द सत्र मंगलवार राती सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।

रातीसम्मको मनोनयन समय तालिका सार्वजनिक गरिएपनि त्यसअघि प्रकाशित मतदाता नामावलीमा केही प्रतिनिधिको नाम छुटेपछि आज पुनः थपेर मनोनयनको समय थपिएको प्रमुख निर्वाचन अधिकृत ध्रुव बस्यालले बताए ।

महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि नेपालगञ्ज आएका छन् । नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज श्रेष्ठले उम्मेदवारी दिइसकेका छन् । उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अहिले नै कति जनाको प्रतिस्पर्धा भन्न नसकिने निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्