Logo

वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो : शाही



काठमाडौं, २९ चैत्र । राप्रपाका प्रवक्ता तथा सांसद्‍ ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन्।

‘सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको छ। भएभएरको असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ। भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने? यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्