Logo

‘नयाँ दलहरूले नयाँ कुरा गरेका खोइ ?’



काठमाडौं, ३० चैत । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नयाँ दलहरुमा पनि पुरानै प्रवृत्ति देखिएको बताएका छन् ।
‘गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिका रुपमा उदाएका थिए । तर उनीहरु पनि नयाँ बोत्तलमा पुरानै रक्सीजस्तो मात्र देखिए । उनीहरुलाई पनि चाहिएको त सांसद रहेछ, मन्त्री रहेछ । नयाँ कानुन बनाउने, जनजीविकाका कुरामा चासो छैन । नयाँ पार्टीले नयाँ कुरा खोइ गरेको ? उनीहरुको चिन्ता पनि कसरी सत्तामा जाने भन्नेबाहेक केही देखिएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै देवकोटाले भने ।
संघीयताले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको पनि उनले औंल्याए । देवकोटाले भने, ‘हामीले संविधानलाई बुझेनौं, जानेनौं । प्रदेशले सरकारको अनुभूति गरेकै छैन । सघंले प्रहरी समेत समायोजन गरिदिएन । संघीयता आइसकेपछि धेरै काम स्थानीय तहमा गएको छ । नागरिकका कतिपय काम भएका पनि छन् । तर नागरिकले अपेक्षा अनुसार सेवा पाएका छैनन् ।’ संघीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्