काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ ३ उपाध्यक्ष पाएको छ । बिहिबार बिहान सम्पन्न मतगणना अनुसार महासंघले नयाँ ३ उपाध्यक्ष पाएको हो ।
जसमध्ये जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, बस्तुगततर्फ हेमराज ढकाल र एसोसियटतर्फ ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । यी ३ उपाध्यक्षमध्ये ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहका हुन् भने बाँकी २ जना वैद्य र श्रेष्ठ रामचन्द्र सांघाई समूहका हुन् ।
वैद्यले जिल्ला नगरतर्फ बलिया भनिएका दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई पराजित गर्दै विजयी हुँदा श्रेष्ठले पनि बलिया प्रतिस्पर्धी भरत आचार्यलाई हराइन् ।
ढकालले मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराएर बस्तुगत उपाध्यक्षमा बाजी मारे ।