Logo

आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ : महामन्त्री थापा



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा ठूलो छटपटाह रहेको बताएका छन्।

काठमाडौंमा आयोजति ‘नेपाली कांग्रेसको रूपान्तरणका एजेण्डाः के र कसरी?’ संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले नागरिकमा ठूलो छटपटाह रहेको बताएका हुन्।

उनले आफ्नो सपनाको मलामी जानुपर्योभने मान्छे दिग्दार हुन्छ भन्दै भने, ‘नागरिकमा ठूलो छटपटाहट छ। ठूलो एउटा दिग्दारी देखिन्छ। अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ। यो आक्रोश के को आक्रोश हो? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो। अहिले मन यति चञ्चल छ। सपना हुन्छ नि मानिसमा। प्रत्येकको आफ्नो सपना हुन्छ। सपना बोकेर हुर्किरहेको हुन्छ। कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन। आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ।’



प्रतिक्रिया दिनुहोस्