Logo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी अमेरिका प्रस्थान



काठमाडौं,१ वैशाख । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका छन्।

यो कार्यक्रम वैशाख ०४ गतेबाट सुरु हुँदैछ ।कार्यक्रममा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । उक्त कार्यक्रम २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरू सुबोधसिंह थारु, भोलाराम चौधरी, डा। उमा शंकर प्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्