Logo

सरकारसँग वार्ता भंग भएपछि मार्च पास गर्दै मिटरब्याज पीडित



काठमाडौं,१ वैशाख । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् ।

आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् ।

सरकार र पीडितबीच तीन चरणमा वार्ता भएतापनि वार्ताले ठोसरुप नलिएपछि पीडितहरु थप आन्दोलन चर्काउने तयारीमा लागेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्