Logo

भक्तपुरमा सिन्दुरे जात्रा



काठमाडौं, २ बैशाख । हरेक वर्ष मध्यपुर थिमिमा मनाईने बिस्का: जात्राअवसरमा मध्यपुरथिमिका वासिन्दाले शनिबार विहानैदेखि टोलटोलमा २६ खट जात्रा गरि बालकुमारीमा ल्याएर हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्।

थिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीयले सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई राखेर नगर परिक्रमा गराइ सिन्दुरे जात्रा मनाएका हुन्।

बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने प्रचलन रहेको छ।

तस्बिर : रासस



प्रतिक्रिया दिनुहोस्