Logo

नेपालीलाई भुटानी शरनार्थी बनाउन तत्कालीन गृहमन्त्रीसहितको गिरोह संलग्न रहेको भन्दै कारबाहीको माग



काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले नेपालीलाई भुटानी शरनार्थी बनाउने गिरोहलाई कारबाहीको माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै चौधरीले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा संलग्न गृहमन्त्री, मन्त्री र उच्चपदस्त अधिकारीलाई कारबाहीको माग गरेका हुन् ।

‘नेपालीलाई भुटानी शरनार्थी बनाउनका लागि गिरोह सक्रिय भयो । तत्कालीन गृहमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरुकोसमेत नाम मुछियो । एक जनाबाट १० लाखदेखि पचास लाखसम्म उठाइएको, गृहमन्त्रालयको गाडि प्रयोग भएको र नातेदारको नाममा चेक काटिएको, म्यासेज, म्यासेन्जर र ह्वाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ । यो जघन्य मानव बेचविखन अपराध हो । यो ठगी हो । अपराधमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्