Logo

नेप्सेमा सामान्य गिरावट



काठमाडौं,३ वैशाख । साताको पहिलो दिन आज (आइतवार)शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

शेयर बजार परिसुचांक नेप्सेमा आज २.८० अंकको गिरावट आएको हो ।

२.८०अंकले गिरावट आउदै नेप्से आज १९३१.६८ बिन्दुमा रोकिएको छ ।

नेप्से घटेको दिन आज कारोबार पनि घटेको छ, आज ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड,४५ लाख ९९ हजार बराबरमा कारोबार भएको छ ।

आज कुल २१९ कम्पनिको शेयर कारोबार भएकोमा ७० कम्पनिको मुल्य बढेको छ भने १३९ कमपनिको मुल्यमा गिरावट आएको छ । त्यस्तै आज १० कम्पनिको मुल्य भने स्थिर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्