काठमाडौं, वैशाख ४ । केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन् ।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्यागी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको जनाएको छ । उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।