Logo

लुम्बिनीमा मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिँदै



काठमाडौं, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री गिरी बैशाख ११ गते दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्। पुस २७ गते मुख्यमन्त्रीकम नियुक्त भएका गिरीले यसअघि माघ ५ मा पहिलोपटक विश्वासको मत लिएका थिए।

विश्वासको मतका लुम्बिनी प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि नेकपा (माओवादी केन्द्र)लगायतका दलले चैत १२ गते मुख्यमन्त्री गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोश्रो पटक विश्वासको मत लिनु परेको हो।



प्रतिक्रिया दिनुहोस्