Logo

डा. झा निरन्तर सफलताको प्रतीक, विश्वप्रसिद्ध जर्नल आईडिओजीद्धारा समीक्षक तथा सम्पादकीय सदस्यको रूपमा सामेल हुन आग्रह



काठमाडौं, ६ बैशा । डा. प्रसन्न कुमार झा (एमबिबिएस तथा एमडी : बिएचयु, भारत) एक प्रख्यात छाला रोग विशेषज्ञ, भेनेरियोलोजिस्ट र कुष्ठरोग विशेषज्ञको रुपमा नेपालमा आम जनताको सेवामा संलग्न व्यक्ति हुन् । उनले उच्च नैतिक र गम्भीर चिकित्सा अभ्यासहरूमार्पmत नागरिक सेवासहित चिकित्सा विज्ञानको ज्ञान उत्पादन र प्रर्वद्धनमा उल्लेखनीय कीर्तिमानी कायम गरेका छन् ।

उनी छालासम्बन्धी स्वास्थ्व हेरचाहमा सम्भव भएका सबै सेवाहरूको सघन र गहन चिकित्सा अभ्यास गर्ने गेट वेल सून नेपाल नामक संस्थाको सहसंस्थापक पनि हुन् । यद्धपी, चिकित्सा विज्ञानको क्षेत्रमा अथक प्राज्ञिक संलग्नताको लागि आफ्नो प्रयास र अभ्यसलाई उनले केवल बिरामी परीक्षण र उपचारमा मात्र सीमित भने गरेनन् । त्यसकारण, उनले अनुसन्धानको संलग्नतालाई धेरै गुणा तिव्र बनाए र अनेकन नयाँ खोज तथा शोधअनुसन्धान समेत सम्पन्न गरेका छन् ।

परम्परागत ब्यूटी सैलुन र पार्लरबाहेक अन्य कुनै छालाविज्ञान अभ्यास नभएको पूरै मधेश प्रदे (प्रदेश २) मा पहिलोपटक यो प्रकारको सेवाको रूपमा उनको उद्यमले धेरै लाभार्थीहरूलाई उत्कृष्ट सेवा दिएको छ । यद्यपि, उनीबाट भएका अनुसन्धान, अन्वेषण तथा खोज निष्र्कषको संलग्नताले सम्पूर्ण चिकित्सा विज्ञानलाई विश्वभरि फराकिलो बनाउदै अतिरिक्त उपादेयता प्राप्त गर्ने श्रेय समेत मिलेको छ ।

उनले राष्ट्रिय र अन्तराष्ट्रिय अनुक्रमित शोधपत्रिकाहरूमा कुशलतापूर्वक मूल्यवान अनुसन्धान प्रकाशनहरूको सफलता र स्पष्ट रूपमा प्रशंसनीय नजीर कायम गरेका छन् । उक्त निष्कर्षले चिकित्सा प्रयोग र विज्ञानको क्षेत्रमा नयाँ तथा सकारात्मक अवस्था निर्माणमा करोडौ गुणा योगदान गरेका छन् ।

अन्तराष्ट्रियस्तरका विभिन्न प्रतिष्ठित जर्नलहरूमा निरन्तर रूपमा स्वीकृत हुनुको साथै ती संस्थाहरुमा सदस्यता र आवद्धतासमेतको लागि संस्थागत प्रस्तावित हुने भाग्यशाली व्यक्ति साबित छन् डा. झा ।

खोज तथा अनुसन्धान संकल्प र गहन अन्तर्दृष्टिसँगै अनुकरणीय सेवाभावको मिश्रण भएको चिकित्सा अभ्यासले उनलाई चिकित्सा विज्ञानमा ज्ञान तथा नयाँ सत्य उजागर गर्ने उत्कृष्टता र विशेषज्ञतामा प्रशस्त लाभांश पनि प्रदान गरेको छ । तसर्थ, हाल, इन्डियन जर्नल अफ डर्माटोलोजी (शीर्ष डर्माटोलोजी जर्नलहरूमध्ये प्रथमस्तरको क्रमबद्धता सुचिकरण गरिएको)मा उनलाई वरिष्ठ समीक्षक र सम्पादकीय सदस्यको रूपमा सामेल हुन आग्रह प्राप्त भएको छ ।

विश्वको कुनै पनि चिकित्सा विज्ञान अनुसन्धानकर्मी र अभ्यासकर्ताको लागि एक दुर्लभ प्रस्ताव र धेरै प्रतिष्ठित उपलब्धिले डा. झा एक काबिल विज्ञ भएको सत्यलाई विधिवत रूपमा उजागर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्