काठमाडौं,६ वैशाख । काठमाडौंमा मंगलवारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेटमा युएईले कुवेतसामु ३७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको हो ।
कप्तान म्हमद वासिम ८ रनमा आउट भएपछि दवावमा परेको युएईलाई भृत्य अरविन्द र रोहन मुस्ताफाले उत्कृष्ट पारी खेल्दै ३७१ रनको विशाल योगफल बनाए । १४७ बलको सामना गरेका अरविन्दले ९ छक्का र १७ चौक्काको मद्दतलमा अरविन्दले १८५ रन बनाए । त्यस्तै १२५ बलको सामना गर्दै मुस्ताफाले ४ छक्का र १० चौकाको मद्दतमा ११८ रनको योगदान गरे भने आसिफ खांले ९ बल खेल्दै ३० रनको योगदान दिए ।
कुवेतका परभिन्दर कुमार र शाहरुख क्यूद्रुसले समान २ २ तथा एसिन पट्टेल र सायद मोनिवले एक एक विकेट लिए ।
१० टिम सहभागी प्रतियोगितामा दुई समुहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् भने विजेताले यसै वर्षको सेप्टेम्वरमा पाकिस्तानमा हुने एशिया कप खेल्ने अवसर पाउनेछन् ।