Logo

सिके राउत प्रायोजित मान्छे न हो : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा–२ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादवले आफू जनताले बोलाएर नै बारामा चुनाव लड्न गएको स्पष्ट पारेका छन् । उनले बारा–२ का जनता अहिले बढि उत्साही रहेको दाबी गरे । उनले आफूलाई जिताउनको लागि बाराका जनता व्यापक उत्साही र आशावादी रहेको सुनाए ।

प्राइम टिभीको चुनावी बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले जनताको मुख्य जोड नै विकासमा भएको सुनाए । उनले बारामा विकासको प्रशस्त सम्भावना रहेको जिकिर गरे । उनले नेपालकै सबैभन्दा बढि उर्वर भूमिको रुपमा बाराको जमिन नै रहेको सुनाउँदै सिचाईं र मल, खाद्य उपलब्ध गराउने सुनाए ।

उनले गढिमाईलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन हब बनाउने बताए । उनले अहिलेपनि दश दलीय गठबन्धन भनेपनि पाँच दलीय गठबन्धन नै रहेको सुनाए । उनले उपनिर्वाचनमा पाँच दलीय गठबन्धन एककताबद्ध रहेको बताए । यादवले जनमत पार्टीका अध्यक्ष सिके राउत प्रायोजित मान्छे भएको आरोप लगाए ।

उनले भने,‘सिके राउत त प्रायोजित मान्छे न हो, प्रायोजितको के अर्थ हुन्छ र ? सिके राउतले मेरा विरुद्ध लाग्नुपर्ने कारण म भनौं, हाम्रो पार्टी र म नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चट्टानझैं उभिएको, सिके राउत देश टुक्र्याउनुपर्छ, र मुलुकको राष्ट्रिय एकतालाई तोड्नुपर्छ, क्षेत्रिय अखण्डतामाथि चूनौति दिने व्यक्ति हो ।’ उनले राउतले अहिले मधेशमा जातजातमा द्धन्द्ध गराउन खोजेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्