Logo

ओमानविरुद्ध नेपाललाई चौथो झट्का, भीम सार्की ३३ रनमा आउट



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध खराब सुरुवात गरेको नेपाललाई चौथो झट्का लागेको छ । नेपालका निक्कै आशालाग्दा खेलाडी भीम सार्की ३३ रन बनाएर आउट भएका छन् । उनलाई ओमानको खालाडीले भर्खरै आउट गरेका हुन् ।

यसअघी पहिलो रन जोड्न निक्कै संघर्ष गरिरहेको नेपाले २८ बल खेल्दा पहिलो रन जोडेको थियो ।
नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भीम सार्कीले नेपालका लागि पहिलो रन जोडेका थिए।
खाता नखोली दुवै ओपनर गुमाएको नेपालका लागि भीमले ४।४ ओभरमा पहिलो रन जोडे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको थिएन्। एक रन पनि नजोडी दुवै ओपनर गुमाएको नेपालका ओपनर कुशल भुर्तेल २।२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए ।

यस्तै, आसिफ ३।४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भएका थिए ।
ताजा अवस्थामा नेपाल २१ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ ।
कप्तान रोहित कुमार पौडेल २३ रन बनाएर आउट भए भने क्रिजमा रहेका आरिफ शेख १७ र कुशल मल्ल ४ रन बनाएर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्