काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपाल जित नजिक पुगेको छ ।
नेपालले दिएको ३११ रनको विशाल लक्ष्य विरुद्ध जवाफी ब्याटिङ गरिरहेको ओमानले ८औं विकेट गुमाएको छ । ४४.४ ओभरमा करण केसीको बलमा कलीमुल्लाह ८ रनमा आउट भए ।
ताजा अवस्थामा ओमान ४५ ओभरको खेल चलिरहँदा ८ विकेट गुमाएर दुई सय १५ रन बनाएर खेलिरहेको छ । file photo