काठमाडौं,१० वैशाख । साताको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज (आइतवार) सेयर बजार परिसुचांक नेप्सेमा १८.८० अंकको गिरावट आएको छ ।
नेप्से १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा रोकिएको छ ।
२७ लाख ३४ हजार कित्ता सेयर आज कुल ८२ करोड ५३ लाख ३४ हजार बरावरमा कारोबार भएको छ ।
कुल २१९ कम्पनिको सेयर कारोबार भएको दिन आज १८८ कम्पनिका लगानिकर्ताले गुमाएपनि २९ कम्पनिका लगानिकर्ताले भने नाफा कमाएका छन् ।
त्यस्तै २ कम्पनिको मुल्य स्थिर रहेको छ ।