काठमाडौं, १० बैशाख । आइतबार प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा भएको मतदानमा ५१.७० प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको हो।
तनहुँ-१ मा जम्मा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए।
गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।