काठमाण्डौ, वैशाख ११ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नयाँ ढंग र नयाँ आयामको साथ अगि बढ्नुपर्ने देखिएको बताएका छन् ।
सामाजिक सन्जाल मार्फत १७ औँ लोकतन्त्र दिवसको शुभकामना दिदै उनले लोकतन्त्र प्राप्तिको लागि आफ्नो बलिदान गर्नु हुने महान शहिदहरुलाइ सम्झिदै र सम्मान गर्दै नया ढंग र नया आयामको साथ अगि बढ्नुपर्ने अहिलेको आवस्यकता रहेको बताएका छन्। अध्यक्ष गुरुङले परिवर्तनको शैली प्रती सचेत रहन आम तरुण युवाहरुलाइ आग्रहसमेत गरेका छन् ।