काठमाडौं, वैशाख १२ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा ५६ हजार ५९८ ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४१ हजार ५०४ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ६९५ र नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले सात हजार ३९९ मत ल्याएका छन्।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
हालसम्म आठ सय ७० मत बदर भएको छ। उनका अनुसार अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ ।