काठमाडौं,१३ वैशाख । ओमान एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंमा जारी खेलमा समुह ए मा रहेको ओमानले आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ७२ रनले हराउँदै सेमिफाइनल पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७६ रनको विशाल योगफल तयार गरेको थियो ।
ओमानलाई विशाल लक्ष्य तयार गर्न जतिन्दर सिंहले ८८ रनको योगदान दिए उनले ७९ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।
त्यस्तै म्हमद नथिनले नटआउट ७१ रनको अर्धशतकिय पारी खेल्दा सोयव खानले ६८ र कश्यप प्रजापतिले ५१ रनको अर्धशतकिय योगदान दिए ।
वलिङतर्फ साउदी अरबका अत्तिफ रहमानले ३ तथा अव्दुल वाहिद्ले २ विकेट लिए ।
३६७ रनको विशाल लक्ष्य पछ्र्याएर जवाफी ब्याटिङ थालेको साउदीले ४६.५ ओभरमा सबै विकेट गुमाएर २९४ रनमात्रै बनाउन सक्यो । साउदीका लागि अव्दूल अहिदले सर्वाधिक ९५ रन बनाएपनि जितको लागि प्रयाप्त भएन ।
त्यस्तै साएद् खांनले ७८ रनको अर्धशतकिय पारी खेल्दा कप्तान हिस्मान शेख ३६ रन बनाएर आउट भए ।
ओमानका विलान खांनले ४ तथा जय ओदिद्राले तीन विकेट लिए ।